
लमजुङ l लमजुङको क्व्होलासोँथर गाउँपालिका ३ मा पर्ने स्मार्टभिलेज घलेगाँउलाई आज सुखी गाउँ घोषणा गरिने भएको छ । पर्यटकीय गाउँबाट सुरु भएको घलेगाउँको उपमा अहिले स्मार्ट भिलेजको रूपमा परिचित छ ।
घलेगाउँ पर्यटन समितिका अध्यक्ष प्रेम घलेले पुर्वप्रधानमन्त्री एवम् एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले आज घलेगाउँलाई सुखी गाउँ घोषणा गर्ने कार्यक्रम तय भएको छ । स्मार्ट भिलेज गाउँको रुपमा प्रख्यात घलेगाउँको मुहार अहिले फेरीएको छ । पाँच दशक पुराना टिनका छाना फेरेर राता रङ्गिन छानाले गाउँलाई सजाइएको छ ।
दुई दशकको आन्तरिक पर्यटन विकासले घलेगाउँलाई दक्षिण एसियामै नमुना ग्रामीण पर्यटकीय गाउँका रुपमा प्रख्यात बनायो । स्मार्ट भिलेज घलेगाउँका घर एकैनासले रातो रंगको जस्ता राखिएको पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष घलेले बताए।
गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ), गण्डकी प्रदेशलगायत निकायले उत्कृष्ट होमस्टेको श्रेणीमा राखेको घलेगाउँ दुईपल्ट दक्षिण एसियाकै नमुना गाउँ घोषित हुन सफल भइसकेको छ ।
०५६ देखि स्थानीयले पर्यटन प्रवर्द्धनका कार्यक्रमको सुरुवात गरेका थिए । ०५७ देखि १२ घरबाट घलेगाउामा होमस्टे सञ्चालन गरिएको थियो । घलेगाउँका १ सय ३५ घरमध्ये हाल ४२ घरमा होमस्टे सञ्चालन गरीएको छ । न्यानो आतिथ्यताका माध्यमबाट घलेगाउँमा गरिने परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होमस्टेले आकर्षित गरेको छ।




