पोखरामा अन्तर्राष्ट्रिय उडानको अन्तिम तयारी

काठमाडौं । भैरहवाको गौतमवुद्ध विमानस्थलपछि पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अन्तर्राष्ट्रिय उडान सुरु गर्ने तयारीमा छ ।

भौतिक संरचना निर्माण र केही उपकरण जडानको काम बाँकी नै रहे पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले १ जनवरी २०२३ लाई विमानस्थलको व्यवसायिक उद्घाटन गर्ने गरी मिति तोकेको छ । अर्थात् अबको करिब पाँच महिनापछि पोखरामा विदेशबाट समेत सिधै उडान–अवतरण हुनेछ ।

नियमित उडान सुरु गर्नुअघिका सबै प्राविधिक पक्ष यो पाँच महिनाको अवधिमा सक्ने गरी सरकारले तयारी गरिरहेको छ । बुधबार विमानस्थलको अनुगमनमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले १ जनवरीअघि सबै तयारी सक्ने बताए ।

‘हामीले १ जनवरीमै किन भन्यौं भने नियमित फ्लाइटअघि निश्चित प्राविधिक पक्ष हुन्छन् । क्यालिब्रेसन फ्लाइट गर्नुपर्ने, त्यो गरेपछि निश्चित महिनापछि मात्र फ्लाइट गर्नुपर्ने यस्ता आधार रहेछ, त्यसैले सबै कुरा मिलाउनुपर्छ’ उनले भने ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको एक समितिले विमानस्थलको संगठन संरचनाको काम गरिरहेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।

1 COMMENT

Leave a Reply to Gina3251 Cancel reply

Please enter your comment!
Please enter your name here